विराटनगर– कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले बुधबार राजीनामा दिएका छन् ।
सत्ता समीकरण बदलिएसँगै कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी रहेका छन् ।
अब कोशीमा एमालेको सरकारमा नेपाली कम्युनिष्ट पार्टी सरकारमा सहभागी हुने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।