काठमाडौं–सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले दुवै जनालाई थुनामा पठाउन आदेश दिएको हो । सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।
दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो । पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको विशेष अदालतले अरु दुईजना आरोपितलाई थुनामा पठाउन भनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।