काठमाडौं– नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले र नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् ।
बुधबार भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारमा नेपा मसाललाई सहभागी गराइने भएको छ । उक्त सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार तीन दलबीच लुम्बिनी प्रदेश सरकार गठन र उक्त प्रदेशको विकासमा सहकार्य गर्ने उल्लेख छ । लुम्बिनी प्रदेश सभामा नेकपा मसाल निकट राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । त्यस्तै राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमन विरुद्धको आन्दोलनमा पनि सहकार्य गर्ने सहमतिको भएको छ ।
एमाले र नेकपाबीच प्रदेशहरूमा सत्ता सहकार्य गर्ने गत साउन ९ गते सहमति भएको थियो । सोही सहमति अनुसार प्रदेशमा नयाँ सरकार फेरबदलको प्रयास भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।