काठमाडौँ– नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो ।
खड्का र कोइरालाबीच भएको भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए ।
कांग्रेसको इतरपक्षले आगामी शुक्रबार काठमाडौंको सुकेधारामा भेला गर्दैछ। कांग्रेसका सभापति गगन थापालाई विभिन्न आरोप लगाउँदै इतरपक्ष असन्तुष्ट छ। जसका कारण उनीहरू भेलामार्फत नयाँ ढंगले जाने बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।