रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
बाँफिकोट गाउँपालिका–१० बस्ने अन्दाजी ३४ वर्षीय देव वलीलाई २०८३ साउन २२ गते सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा नदीले बगाएको थियो।
नदीले बगाएका वलीको शव सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदीको किनारमा आज साउन २६ गते फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।