काठमाडौं– विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार थुनछेक बहसपछि विशेषले उक्त रकम धरौटी माग गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरु वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गरेको हो ।
विवादास्पद व्यवसायी दिपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले सो बराबरको धरौटी माग गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छासँग २ अर्ब ७३ करोड ३३ लाख बराबर बिगो दाबी गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।