काठमाडौं– सरकारले केही दिनअघि सुनसरी र सिरहामा भएको दुई समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागि मारिएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार सुनसरी–सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।