काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीच रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन विकास, पूर्वाधार, प्रविधि तथा अन्य साझा हितका क्षेत्रमा सहकार्य बढाउनुपर्ने धारणा राखेका थिए ।
चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, विकास साझेदारी र आगामी सहकार्यका सम्भावनाबारे समेत कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।