काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आजै दुई छिमेकी देशका राजदूतसँग भेटघाट गरेका छन् ।
केही बेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको छ ।
आजै बिहान मात्रै प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।