काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका ४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका छन् ।
विस्फोटमा परी पाँच जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशाेक थापालेले बताए ।
घटनाको विस्तुत विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।