सिरहा– सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
सिराहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज.१ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालु भक्तजन सवार थिए। स्कुलको गेटअगाडिको उकालोमा ट्याक्टर आफैँ अनियन्त्रित भई ट्रेलरसहित पल्टिँदा उनीहरू घाइते भएका हुन्।
दुर्घटनामा धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोल बस्ने अन्दाजी १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको छ।
ट्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ । फरार ट्याक्टर चालक धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोल बस्ने अन्दाजी ३५ वर्षीय रामबिहारी मण्डलको खोजतलास भइरहेको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
घाइते हुनेहरुको सूची:-
१) जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१५ रामपुर टोल बस्ने अं.बर्ष १३ को अनुराग मण्डल
२) ऐ.ऐ.बस्ने अं.बर्ष १७ को कृष्णा मण्डल
३)ऐ.ऐ.बस्ने अं.बर्ष ४० की गंगिया मण्डल
४)ऐ.ऐ.वडा न.१२ हनुमाननगर टोल बस्ने अं. बर्ष १८ को राहुल दाष
५)ऐ,ऐ.बस्ने अं.बर्ष १३ को प्रिनस दास
६)ऐ.ऐ.बस्ने अं.बर्ष १८ को गोपाल यादव
७)ऐ.ऐ. वडा न.१५ रामपुर बस्ने अं.३३ की मोना कुमारी मण्डल
८)ऐ.ए.बस्ने अं.बर्ष ५० कि चन्द्र कुमरी दास
९) ऐ.ऐ.बस्ने अं.बर्ष ६० की रामदुलारी दास
१०)ऐ.ऐ.बस्ने अं.बर्ष ४४ की राम कुमारी दास
११)ऐ.ऐ.बस्ने अं.बर्ष १७ को पंचा मण्डल
१२.ऐ.ऐ.बस्ने अं.बर्ष १७ को आसिस कुमार यादव
१३)ऐ.ऐ.बस्ने अं.बर्ष १२ को बिकी मण्डल
१४)ऐ.ऐ.वडा न.१२ हनुमाननगर बस्ने अं.बर्ष १३ को कृष्णा कुमार यादव ।
१५)ऐ.ऐ.वडा न.१५ रामपुर बस्ने बिना कुमारी मण्डल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।