काठमाडौं- गत बुधाबर काभ्रेपलाञ्चोकको दोलालघाटबाट सुनकोशीमा हाम फाम फालेका पराजुली दम्पत्तिमध्ये श्रीमती तीलकुमारीको शव भेटिएको छ ।
प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार फेला परेको हो ।
तिलकुमारीको शव ओखलढुङ्गाको सीमा नजिकै सुनकोशीमा फेला परेको हो । तिलकुमारीसँगै बेपत्ता रहेका श्रीमान् केदरनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।