काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार विशेष महाधिवेशन गरिएको दाबी गर्दै कानुनी प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताएका छन्।
केन्द्रीय समिति बैठकमा बोल्दै थापाले विधानको व्यवस्थाअनुसार नै विशेष महाधिवेशन गरिएको र त्यससम्बन्धी विषयमा अदालतमा समेत सत्य कुरा नै राख्ने बताएका हुन्।
‘केही दिन अगाडि सम्मानित अदालतले एउटा निर्णय गरेको छ। विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गरेका हौँ। चित्त नबुझेपछि अदालत जानुभएको हो। सानका साथ अदालत जाने, सानका साथ डिफेन्स गर्ने। विशेष महाधिवेशनको हलमा सत्य, निर्वाचन आयोगमा सत्य र अदालतमा सत्य हुने कुरा फेरि असत्य हुँदैन,’ थापाले भने।
प
उनले आफूलाई दबाब वा धम्की दिएर पछि हटाउन नसकिने स्पष्ट पारे।
‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ। मलाई विधान थाहा छ। विधानको सीमाभन्दा बाहिर जाँदिनँ,’ थापाले भने।
सभापति थापाले कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै आफूभन्दा बढी योगदान दिएका नेताहरूप्रति सम्मान रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।