काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो जिम्मेवारी सम्हालेको चार महिना भएको छ ।
यसबीचमा हलो सरकारले निकै उल्लेखनीय कार्य गरेको भनेर सरकारबाट प्रचार भइरहेको छ ।
के त्यस्तै हो त ?
यसबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको २०८३ बैशाखदेखि असारसम्मको प्रगति विवरणमा तथ्यहरु पाउन सकिन्छ ।
प्रतिवेदनका अनुसार तीन महिनाको अवधिमा ४४ हजार ३४० वटा गुनासोहरु दर्ता भएका छन ।
हेलो सरकार शाखामा वेव पोर्टल, फेसबुक, भाइबर, एक्स,मेल, नागरिक एप फोन सम्पर्क तथा प्रत्यक्ष रुपमा शाखामै उपस्थित भएर ती गुनासाहरु दर्ता भएकोमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाइएको जनाइएको छ ।
त्यसमध्ये ३२ हजार ६७ वटा गनुासो फछयौट भएको दाबी सरकारको छ ।
हेलो सरकार विधुतीय गुनासो व्यवस्थापन पोर्टलमा २०८३ असार मसान्तसम्ममा कुल एक लाख ४१ हजार तीन सय ९१ गुनासो दर्ता भएकोमा ८७ हजार ७९० अर्थात करिब ६२ प्रतिशत गुनासोहरु फछयौट भएको दाबी प्रतिवेदनमा गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।