• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जगत बरामको आरोप : आदिवासी-जनजातिलाई दलहरूले धाेका दिए, संविधान संशाेधनमार्फत माग पूरा गरियोस्

64x64
नेपाल लाइभ आइतबार, साउन २४, २०८३  १२:३४
1140x725

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष जगत बरामले आदिवासी जनजातिका बाँकी मुद्दालई संवैधानिक रूपमा सुनिश्चित गर्न संविधान संशोधनमा बहसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा बरामले संविधानमा समेएिका अधिकारको प्रभावकारी कार्यान्वयनसँगै अझै सम्बोधन हुन बाँकी आदिवासी जनजातिका मुद्दालाई संविधान संशोधनमार्फत सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

उनका अनुसार आदिवासी जनजातिका प्रमुख मागमध्ये राज्यका सबै तह र निकायमा जनसंख्याको बनोटका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु महत्वपूर्ण हो ।

‘सबैभन्दा पहिला संविधानमा भएका विभिन्न व्यवस्थाहरू छन्, ति व्यवस्थाहरूलाई कार्यान्वयन गराउनुपर्ने बाँकी काम नै छ । र त्यस पछाडि संविधानमा समेट्नै पर्ने धेरै माग र मुद्दाहरू छन् । जस्तो समानुपातिक प्रतिनिधित्वको कुरा छ, समानुपातिक प्रतिनिधित्व अझै संविधानले सुनिश्चित गर्न सकेको छैन । राज्यका सबै तह र निकायमा जनसंख्याको बनोटका आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो,’ बरामले भने ।

त्यसैगरी नेपालका विभिन्न भूगोल, भाषा, कला, संस्कृति र सभ्यताको संरक्षण, संवर्धन तथा प्रयोगलाई राज्यको संवैधानिक दायित्वका रूपमा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

राजनीतिक दलका नारामाथि प्रश्न

बरामका अनुसार नेपालमा आदिवासी जनजातिको जनसंख्या करिब ३५–३६ प्रतिशत रहेको छ । ठूलो जनसंख्या र मतलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरूले समय–समयमा आदिवासी जनजातिका मुद्दा उठाउने गरे पनि धेरैजसो अवस्थामा ती मुद्दा कार्यान्वयनमा नआएको उनको आरोप छ ।

‘नेपालमा लगभग ३५–३६ प्रतिशत जनसंख्या ओगटेर बसेका छन् । ठूलो जनसंख्या, र मतलाई आफ्नो पक्षमा पार्नको लागि नेपालका राजनीतिक दलहरूले विभिन्न नाराहरू बेलाबेलामा वा सिजनल रूपमा ल्याइरहेका छन् । राजनीतिक दलहरूले विभिन्न नारा ल्याउने, मत संकलन गर्ने अनि फेरि बिर्सिने प्रवृत्ति देखिन्छ । नयाँ दलहरूले पनि त्यही प्रवृत्ति सिकिरहेका छन्,’ उनले भने ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले विगतमा आदिवासी जनजातिका मुद्दालाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सारेपनि तीमध्ये धेरै विषय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

यद्यपि, केही महत्वपूर्ण संरचना निर्माणमा नेपाली कांग्रेसको भूमिका रहेको उनले उल्लेख गरे । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपाली कांग्रेसको नेतृत्वमा स्थापना भएको र आदिवासी जनजाति आयोगको संवैधानिक व्यवस्थासमेत विगतको राजनीतिक प्रक्रियाबाटै भएको उनको भनाइ छ ।

बरामले आदिवासी जनजातिका माग लोकतान्त्रिक प्रक्रियाबाटै उठाउनुपर्नेमा जोड दिए । उनका अनुसार लोकतन्त्रकै लागि विगतमा संघर्ष गरेका आदिवासी जनजातिले आफ्ना अधिकार र पहिचानका सवाल पनि लोकतान्त्रिक माध्यमबाटै अघि बढाउनुपर्छ ।

उनले भने, ‘कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले विगतमा आदिवासी जनजातिका मुद्दा उठाए पनि धेरैजसो कार्यान्वयन हुन सकेनन् । तर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना र आदिवासी जनजाति आयोगको संवैधानिक व्यवस्थाजस्ता केही महत्वपूर्ण काममा नेपाली कांग्रेसको भूमिका देखिन्छ । त्यसैले आदिवासी जनजातिका अधिकार र पहिचानका मुद्दा लोकतान्त्रिक प्रक्रियाबाटै अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

Xtrem

Xtrem

नेपाली कांग्रेसप्रति बढी अपेक्षा

नेपालको पुरानो लोकतान्त्रिक दलका रूपमा नेपाली कांग्रेसप्रति आदिवासी जनजातिको अपेक्षा बढी रहेको बरामले बताए ।

उनका अनुसार लोकतन्त्रको मूल मर्म नै पछाडि पारिएका, आवाजविहीन तथा सीमान्तकृत समुदायको आवाजलाई राज्यको केन्द्रसम्म पुर्याउनु हो । त्यसैले आदिवासी जनजातिसँगै दलित, मधेसी, मुस्लिम, महिला तथा पछाडि परेका वर्ग, जाति, भाषा, लिंग र क्षेत्रका मुद्दा उठाउन नेपाली कांग्रेसले भूमिका खेल्दै आएको उनको दाबी छ ।

‘लोकतान्त्रिक परिपाटीमा सबैको आवाज पुग्नुपर्छ। यही मान्यताका कारण नेपाली कांग्रेसले आदिवासी जनजातिसहित दलित, मधेसी, मुस्लिम, महिला तथा पछाडि परेका समुदायका मुद्दा उठाउँदै आएको छ,’ उनले भने ।

अन्य दलहरूले भने आदिवासी जनजातिको मत आकर्षित गर्न नाराहरू दिने तर त्यसअनुसार काम नगर्ने प्रवृत्ति बढेको उनको आरोप छ ।

बरामका अनुसार आदिवासी जनजाति समुदाय नेपाली कांग्रेसप्रति केही बढी झुकाव राख्नुको कारण उसको लोकतान्त्रिक इतिहास र विगतमा भएका केही संस्थागत पहल हुन् । त्यसैले कांग्रेसले समुदायले राखेका अपेक्षालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘आदिवासी जनजाति समुदाय नेपाली कांग्रेसप्रति केही बढी झुकाव राख्छन् किन भने लोकतान्त्रिक इतिहास र विगतमा भएका केही संस्थागत पहल भएका छन् । अरु राजनीतिक दलहरूले आदिवासी जनजातिलाई पटक–पटक धोका दिए ।’

बरामले समुदायको सरलता र राज्यप्रतिको विश्वासलाई राजनीतिक दलहरूले पटक–पटक प्रयोग गरेको आरोप लगाए ।

उनका अनुसार समुदाय आफ्ना माग र मुद्दा स्पष्ट रूपमा राख्ने तथा राज्यले सम्बोधन गर्ने आश्वासन दिएपछि त्यसमा विश्वास गर्ने स्वभावको छ । तर राजनीतिक दलहरूले त्यही विश्वासको फाइदा उठाउँदै पटक–पटक प्रतिबद्धता पूरा नगरेको उनको भनाइ छ ।

‘आदिवासी जनजाति समुदायको सोझोपन र राष्ट्रप्रतिको वफादारितामाथि राजनीतिक दलहरूले पटक–पटक धोका दिएका छन्,’ उनले भने ।

भाषा, संस्कृति र अधिकारका सवाल लोकतान्त्रिक व्यवस्थामै प्रभावकारी रूपमा सम्बोधन गर्न सकिने भएकाले आदिवासी जनजाति समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उनले बताए ।

सरकारी निकाय खारेज गर्ने प्रयासप्रति असन्तुष्टि

हालको राजनीतिक परिवर्तनपछि पुराना राजनीतिक दलहरू सरकारबाट बाहिर रहेको र नयाँ राजनीतिक शक्तिको नेतृत्वमा सरकार बनेको अवस्थामा आदिवासी जनजातिका मुद्दा प्राथमिकतामा नपरेको बरामको आरोप छ ।

उनले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बजेट घटाएर शून्यमा पुर्याइएको तथा प्रतिष्ठानको संरचनालाई कमजोर बनाउने गरी कदम चालिएको दाबी गरे ।

त्यस्तै आयोगलाई समेत कमजोर बनाउने वा खारेज गर्ने मनसायका साथ काम भइरहेको उनको आरोप छ ।

‘हिजो आदिवासी जनजातिका भाषा, कला, सभ्यता, संस्कृति र इतिहास संरक्षण गर्न राज्यले बनाएका संरचनाहरू अहिले कमजोर बनाउने प्रयास भइरहेको छ,’ उनले भने ।

बरामका अनुसार विकासलाई केवल अग्ला भवन, सडक तथा भौतिक संरचनासँग जोडेर हेर्नु गलत हो । देशको कला, संस्कृति, भाषा, सभ्यता र प्रकृतिको संरक्षण तथा संवर्धन पनि विकासकै महत्वपूर्ण आधार भएको उनले बताए ।

सरकारी कामकाजको भाषामा चुनौती

नेपालको संविधानले एक प्रतिशतभन्दा बढी जनसंख्याले बोल्ने भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । सोही संवैधानिक व्यवस्थाअनुसार बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानुनी व्यवस्था गरेको बरामले बताए ।

त्यस्तै गण्डकी प्रदेशले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानुन निर्माण गरेको उनले जानकारी दिए ।

तर कानुन बने पनि कार्यान्वयनको पक्ष कमजोर रहेको उनको भनाइ छ ।

‘नेपालमा कानुन र नीति धेरै बन्छन् । तर कार्यान्वयनको पक्ष कमजोर हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्,’ उनले भने ।

बरामले बागमती र गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक नियमावली र कार्यक्रम ल्याउन आफूहरूले पहल गरेको बताए । यसका लागि दुवै प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको र चालु आर्थिक वर्षमा कार्यान्वयनले गति लिने अपेक्षा रहेको उनले बताए ।

लुम्बिनी प्रदेशमा पनि सरकारी कामकाजको भाषासम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए। उक्त प्रक्रियामा आफूले नेतृत्व गरिरहेको उनको भनाइ छ ।

गण्डकी प्रदेशमा समुदाय, सरकार र संसदलाई एउटै ठाउँमा राखेर भाषा ऐन निर्माणका लागि सहजीकरण गरिएको उनले बताए ।

सात होइन, ११ प्रदेशको माग

बरामले नेपाललाई पहिचान र सामथ्र्यका आधारमा ११ प्रदेश बनाउनुपर्ने माग आफूहरूले विगतदेखि नै राख्दै आएको बताए ।

संविधान निर्माणका क्रममा पनि आफूहरूले सात प्रदेशको सट्टा ११ प्रदेशको प्रस्ताव गरेको र अहिले संविधान संशोधनको बहसमा पनि यही माग दोहोर्याएको उनले बताए ।

‘नेपालको विविधतालाई सम्मान गर्ने गरी संविधान संशोधन गर्ने हो भने सात प्रदेशबाट ११ प्रदेशमा जानुपर्छ,’ उनले भने ।

उनका अनुसार प्रदेशको नामकरण तथा संरचना निर्धारण गर्दा पहिचानका पाँच र सामथ्र्यका चार आधारलाई समेटिनुपर्छ । यी आधारलाई समेटेर ११ प्रदेश निर्माण गर्न सके नेपालको विकास अझ तीव्र गतिमा अघि बढ्ने उनको विश्वास छ ।

बरामले आदिवासी जनजातिका माग केवल समुदायगत अधिकारका विषय नभई नेपालको राष्ट्रियता र समृद्धिसँग समेत जोडिएको बताए ।

उनका अनुसार तराई–मधेसमा थारू र धिमाल समुदाय तथा हिमाली क्षेत्रमा शेर्पा, तामाङ र भोटे समुदायले सीमाको सुरक्षा र राष्ट्रियताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

‘हिमालमा बख्खु लगाउनेदेखि तराईमा कछाड लगाउने र पहाडमा टोपी लगाउने सबैको राष्ट्रियतालाई एक ठाउँमा जोड्नुपर्छ,’ उनले भने ।

नेपालको विविध कला, सभ्यता, संस्कृति, भाषा र पहिचानलाई बलियो बनाउँदै अघि बढ्न सके त्यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनको धारणा छ ।

बरामका अनुसार आदिवासी जनजातिका माग धेरै जटिल छैनन् । राज्यले उनीहरूको पहिचान, भाषा, संस्कृति र अधिकारलाई सम्मान गर्दै संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । ‘राज्य र राजनीतिक दलले चाहने हो भने आदिवासी जनजातिका माग सम्बोधन गर्न सम्भव छ । विविधतालाई सम्मान गर्दै अघि बढे मात्रै नेपालको समृद्धि र राष्ट्रियता दुवै बलियो हुन्छ,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शन... शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्