काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनको ढोका खोलेपछि प्रतिक्रिया दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो साझा गर्दै उनले साउन २१ मा गरेको सर्वोच्चको आदेशले बैशाख ४ को फैसला नउल्झाएको बताएका छन् ।
निर्वाचन आयोगको अध्यावधिलाई पनि यो आदेशले बदर नगरेको उनको भनाइ छ । उनले कुनै तथ्य प्रमाण, कुनै नजिक उल्लंघन भएको नजिर पनि नभएका कारण अहिले आदेशमा सर्वोच्चले त्यत्तिकै समय खर्च गरेको उपसभापति शर्माले बताएका छन् ।
उनले यो दलविभाजनसम्बन्धि मुद्दा पनि नभएको दाबी गरेका छन् ।
हेर्नुहोस् पूरा भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।