काठमाडौँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ ।
हाल पुरानो पुलबाट सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
ढुंगा हटाउन डिभिजनको उपकरण परिचालन गरिसकिएको र सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको छ ।
सडक डिभिजनले यात्रु तथा सवारी चालकलाई सुरक्षाका लागि पुरानो पुलबाट मात्रै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।