काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिए ।
निषेधाज्ञा जारी गरिएको क्षेत्र मा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले शान्ति-सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जनाएको छ।
यसअघि गत साउन १२ गते राति ९:०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।