काठमाडौँ – धनुषामा विकसित पछिल्लो परिस्थितिलाई सामान्य बनाउने उद्देश्यले शुक्रबार दिउँसो २ बजे सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरिएको छ।
सामाजिक सद्भाव सुदृढ बनाउने तथा जिल्लाको अवस्था सहज बनाउने उपायबारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भुदेव झाका अनुसार बैठकमा प्रतिनिधि सभा सदस्यसहित विभिन्न राजनीतिक दल र सरोकारवाला पक्षको सहभागिता रहनेछ। छलफलमार्फत परिस्थितिलाई सहज बनाउने विषयमा साझा समझदारी खोजिने उनले बताए।
प्रशासनका अनुसार बैठकबाट सकारात्मक निष्कर्ष निस्किएमा आजै जिल्लामा सद्भाव र्याली आयोजना गर्ने तयारी पनि गरिएको छ। र्याली सञ्चालन गर्ने वा नगर्ने अन्तिम निर्णय भने सर्वपक्षीय बैठकबाट हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।