काठमाडौं– सरकारले कर्मचारी पदपूर्तिसम्बन्धी रद्द भएका विज्ञापन तथा सूचनाका लागि उम्मेदवारले बुझाएको दरखास्त दस्तुर फिर्ता गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विभिन्न कारणले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन वा सूचना रद्द भएमा उम्मेदवारबाट लिइएको दरखास्त दस्तुर सम्बन्धित उम्मेदवारकै खातामा फिर्ता गर्ने व्यवस्था मिलाउन भनेको हो ।
कार्यालयको प्रशासन शाखाबाट जारी पत्रमा मन्त्रालय, प्रदेश, स्थानीय तह तथा तिनअन्तर्गतका निकाय र संगठित संस्थाबाट प्रकाशित कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन रद्द भएको अवस्थामा यस्तो व्यवस्था लागू गर्न भनिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।