काठमाडौँ– नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठककलाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकाले जनअपेक्षा पूरा नगरेको बताएका हुन् ।
‘देशको अवस्था ठीक छैन । गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ । निर्वाचनमा जे जसरी जनताले अभिमत प्रकट गरे । सरकारका क्रियाकलापले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ उनले भने, ‘दिनदिनै असहज बनाएको चिन्ता बढाएको छ ।’
सुनसरीको कप्तानगञ्जमा बोलबमको यात्रा यात्रा भड्किएर आएको तनावका गोली चलाएर एक युवाको ज्यान गएको घटनाको सत्यसत्य बाहिर ल्याउन पनि उनले माग गरे । साथै गम्भीर घटनाप्रति प्रधानमन्त्री र गृहमन्त्रीले संवेदनशीलता नदेखाएको भन्दै उनले सदनमै असन्तुष्टि व्यक्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।