काठमाडौं– सरकारले स्वास्थ्य बिमा बोर्डको नेतृत्व सुम्पिँदै जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनलाई उक्त जिम्मेवारीमा नियुक्त गरेकी हुन् ।
नियुक्ति लगतै मन्त्री मेहताको उपस्थितिमा नवनियुक्त अध्यक्ष डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो कार्यभार सम्हालेका छन् । लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा क्रियाशील डा.प्याकुरेलको आगमनले बोर्डको कार्यसम्पादन र सेवा प्रवाहमा नयाँ उचाइ थपिने अपेक्षा गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।