काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको ‘वरिष्ठ नेता’मा अनुमोदित गरेको छ ।
सभापति रवि लामिछानेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो । गत महाधिवेशनमा रास्वपाको विधान संशोधन गर्दै पहिलोपटक वरिष्ठ नेता पद सिर्जना गरिएको थियो ।
बालेन यसअघि विधानमा व्यवस्था बेगर नै सहमतिका आधारमा वरिष्ठ नेता बनेका थिए भने यसपटक उनी विधानअनुसार आएका हुन् ।
सभापतिले गर्ने अन्य मनोनयनलाई भने थाँति राखिएको छ । आज जारी केन्द्रीय समिति वैठकमा अन्य मनोनयनको प्रस्ताव नआएको केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपामा एक उपसभापति र एक महामन्त्रीसहित ११ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।