काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।
आजको बैठक मुख्य गरी सुनसरीमा घटेको पछिल्लो घटना र त्यसको सम्बोधनमा केन्द्रित रहने बताइएको छ। बैठकले सुनसरी घटनाका सम्बन्धमा केही महत्त्वपूर्ण र ठोस निर्णयहरू गर्ने सम्भावना छ।
स्रोतका अनुसार, उक्त घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतका लागि सरकारले विशेष निर्णय लिने तयारी छ।
यसअघि हिजो मात्रै प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुनसरीको घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको र यसबारे आवश्यक निर्णय लिने जानकारी दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।