सुर्खेत– कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् ।
मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन् ।
उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए ।
शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दैछन् भने २ वर्ष प्रमुख प्रतिपक्षमा रहेको नेकपा सत्ता समीकरण बदलिएसँगै पुनः सत्तामा फर्किएको छ ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार, शाहीको नियुक्ति आजै र शपथ भोलि हुनेगरी छलफल भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।