काठमाडौं– सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले सांसद शाहलाई पक्राउ गर्नुको कारण सोध्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
कपिलवस्तु जिल्ला अदालतले कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएपछि त्यसका विरुद्धमा शाहले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेका थिए।
उनी कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।