मकवानपुर– बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।
प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी छन् । उनीहरूमध्ये पाँच मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए । किरण थापामगर भने हाल काठमाडौँ रहेकोले अनुपस्थित रहेको बताइएको छ ।
मुख्यमन्त्री इन्द्र बानियाँ चितवनबाट फकिएपछि राजीनामा बुझाउने उनीहरूको तयारी छ ।
यहाँ कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार सङ्कटमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।