काठमाडौँ –प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४४ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन्। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो ।
प्रधानमन्त्री कार्यकालमा भूमिसुधार र आर्थिक विकासका नीति अघि सारेका उनलाई २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी बन्दी बनाएका थिए। लामो जेल जीवन र निर्वासनपछि २०३३ सालमा उनले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलापको नीति’ नेपाली राजनीतिमा ऐतिहासिक मानिन्छ।
राजनीतिक जीवनका साथै नेपाली साहित्यमा पनि उनको योगदान महत्त्वपूर्ण छ। उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू नेपाली साहित्यका कालजयी कृति मानिन्छन्।
उनै बिपीको स्मृति दिवसमा नेपाली काँग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।