काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, आगजनीबाट बनेको आरोप लगाएका छन् ।
पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।
‘अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, थितिविहीन तरिकाले चलिरहेको छ’, अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्,तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीकाे आधारबाट बनेकाे हो।’
ओलीले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढङ्गले सञ्चालन भइरहेको समेत बताए । गत भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।