संखुवासभा– संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
चैनपुर नगरपालिका ७ घर भई हाल मादी नगरपालिका ४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीलाई ४३ वर्षीया श्रीमती फूलमाया मुदेलको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।
घटनामा प्रयोग गरिएको खुकुरी सहित अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।