काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्।
प्रदेश सरकारमा कांग्रेसले साथ छाडेको प्रसङ्गलाई लक्षित गर्दै उनले यस्तो बताएका छन्।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई एक्ल्याउने प्रयास अगाडि बढिरहेका छन्। हामी अर्कालाई नसमाती उठ्नै नसक्ने लहरो होइन। हामी एउटा स्वतन्त्र वृक्ष हौँ, अरू बलमा उम्रिएका पनि होइनौँ। हामी अनेक आँधीहुरी तुफानको सामना गरेका छौँ। अर्को कसैलाई नसमाती उठ्नै नसक्ने त्यान्द्रो होइन।’
उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनौतीका सामना गर्दै अगाडि बढ्ने बताए। एमाले परिस्थितिसँग आत्तिने पार्टी नभएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।