बिबिसी - चिकित्साशास्त्र तर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना वैज्ञानिक जेफ्री हल, माइकल रोजबास माइकल यङले पाए । मानव शरीरमा हुने ‘बडी क्लक’ वा ‘सर्काडियन रिद्म’ (जसलाई जैविक घडी पनि भनिन्छ) ले काम गर्ने तरिकामाथि गरेको अनुसन्धानका लागि उनीहरूलाई नोबेल दिइएको थियो ।
_x000D_
_x000D_
हाम्रो शरीरमा भएको ‘जैविक घडी’का कारणले नै हामीलाई राति निद्रा लाग्छ वा भनौं सुत्छौं । जैविक घडीले हाम्रा शारीरिक क्रियाकलाप र व्यवहारमा पनि अत्यधिक परिवर्तन ल्याउँछ । पछिल्लो समय वैज्ञानिकहरूले यो जैविक घडी मानव शरीरमा मात्र नभएर सबै प्राणी, वनस्पति र फंगसमा समेत हुने पत्ता लगाएका छन् ।
_x000D_
_x000D_
नोबेल पुरस्कार समितिका अनुसार हल, रोजबास र यङले गरेको अनुसन्धानबाट निस्केका परिणामले हामीलाई स्वस्थ्य रहन धेरै प्रभावकारी छन् ।
_x000D_
_x000D_
जैविक घडीमा हुने परिवर्तनले सुरुमा स्मरणशक्ति घट्छ । तर यसको सबैभन्दा ठूलो प्रभाव अनेकौं रोगका रुपमा देखिन्छ, जसमा टाइप टु डाइबिटिज, क्यान्सर र मुटुसम्बन्धी रोग पर्छन् ।
_x000D_
_x000D_
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक प्रोफेसर रसल फोस्टरले भने, ‘हामीले जैविक घडीमा हेरफेर गर्ने प्रयास गरे हाम्रो पाचनप्रणालीमा ठूलो असर पर्छ ।’
_x000D_
यसबारे अनुसन्धान गरेका तीन अमेरिकी वैज्ञानिकले नोबेल पुरस्कार पाएकोमा आफू हर्षित भएको फोस्टरले बताए । उनले भने, ‘हाम्रो शारीरिक प्रणालीले कसरी काम गर्छ पहिलोपल्ट जानकारी दिएर उनीहरू नोबेल पुरस्कारको हकदार भए ।’
_x000D_
_x000D_
हल र रोजबासले मानव डिएनएको एउटा टुक्रा छुट्याएर जैविक घडीमा जोडे जसलाई ‘पिरियड जिन’ भनिन्छ ।
_x000D_
_x000D_
पिरियड जिनले पिइआर प्रोटिन बनाउने निर्देशन दिन्छ । पिइआर प्रोटिनको मात्रा बढेपछि यसले आफैं नै आफ्नो उत्पादन गर्ने निर्देशन दिन बन्द रोक्छ ।
_x000D_
_x000D_
हाम्रो शरीरमा यसरी पिइआर प्रोटिनको मात्रा २४ घन्टा अर्थात दिन र रातमा घटबढ भइरहन्छ । दिउँसो पिइआर प्रोटिनको मात्र घट्छ भने राति बढ्छ ।
_x000D_
_x000D_
यङले भने दुईवटा यस्ता जिन पत्ता लगाए, जसमध्ये एउटालाई टाइमलेस र अर्कोलाई डबल टाइम भनिन्छ । यी दुवै जिन्सले पिइआर प्रोटिनको मात्रा घटबढ हुनमा महत्वपूर्ण भूमिका खेल्छन् ।
_x000D_
_x000D_
पिइआर एकसमान भए जैविक घडीको गति सुस्त वा ढिलो हुन्छ । पिइआर घटबढ भए जैविक घडीले पनि तीव्र गतिमा सक्रिय हुन्छ ।
_x000D_
पिइआर एकसमान हुने मानिस बिहान छिटै उठ्न मन पराउँछन् भने केही राति धेरैबेरसम्म सुत्दैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।