काठमाडौं– प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनमा समस्या आएसँगै प्रदेशमा सरकार फेरबदलको खेल शुरू भएको छ ।
पार्टी केन्द्रको निर्णयअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ ।
सत्ता साझेदार कांग्रेसको समर्थनमा ७ साउन २०८१ मा एमालेका चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका ५ जना मन्त्री सहभागी छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८३ सदस्य मात्र कायम छन् । जसमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सदस्य छन् । नेकपाका १३ मध्ये एक जना सभामुख हुन् ।
कांग्रेसले समर्थन फिर्ता लिएपछि एमालेले सत्ता साझेदारी गर्न नेकपासँग प्रयास गर्नेछ । लुम्बिनी प्रदेशका मन्त्री तुलसी चौधरीले पुरानो साझेदारी कांग्रेसले नतोडोस् भन्ने पक्षमा एमाले रहेको बताए ।
'अहिले हामी पर्ख र हेरको अवस्थामा छौं, कांग्रेस सरकारबाट बाहिरिए सत्ता सहकार्यको लागि नेकपासँग प्रस्ताव गर्न सक्छौँ,’ उनले भने ।
लुम्बिनीमा साना दलहरू पनि छन । प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४, जनता समाजवादी पार्टी नेपाल २ जनमत पार्टी ३, जसपा १ राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १ सांसद छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।