जनकपुरधाम– मिटरब्याज पीडित र सरकारबीच चौथो चरणको वार्ता सुरु भएको छ ।
बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बुधबार राति सवा ८ बजेदेखि वार्ता सुरु भएको मिटरब्याज पीडितका अभियन्ता निर्घ नविनले जानकारी दिए ।
यसअघि मंगलबार रातिसम्म तीन चरणमा वार्ता भएको थियो । गृहमन्त्री गुरुङले सुरुमा मिटरब्याज पीडितहरूको गुनासा सुनेपछि आन्दोलनको नेतृत्वसँग पहिलो, दोस्रो र तेस्रो चरणको छलफल गरेका थिए । तर तेस्रो चरणको वार्ता कुनै ठोस निष्कर्षमा नपुगी टुंगिएको थियो ।
चौथो चरणको वार्ता बुधबार दिउँसो १२ बजेका लागि तय गरिएको भए पनि प्राविधिक कारणले निर्धारित समयमा सुरु हुन सकेको थिएन । केही घण्टापछि दुवै पक्ष पुनः वार्तामा बसेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।