काठमाडौं– नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियाका कार्यालयअगाडि गाडी तेर्स्याउने काममा प्रहरीसमेत जोडिएको दाबी गरेकी छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष शर्माले सो दाबी गरेकी हुन् ।
‘शंकास्पद रूपमा मिडिया अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धानबिना दोषी प्रमाण फिर्ता गर्नुले यो विषयमा प्रहरीसमेत जोडिन पुगेको छ’, शर्माले सामाजिक सञ्जालमा लेखेकी छन् ।
साथै, उनले यस घटनाको अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने बताएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।