सुर्खेत– कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाएका छन् ।
प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । तर उनीहरूको राजिनामा स्वीकृत भइसकेको छैन ।
राजीनामा बुझाएर मार्गप्रशस्त गरेको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले बताए ।
प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी थिए ।
मन्त्रीहरुले राजीनामा बुजाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । एमालेका यामलाल कँडेल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।