काठमाडौँ– नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्।
मोटरसाइकल पार्किङ गरेर बुधबार सिंहदरबारको दक्षिणी गेटअगाडि प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड बोकेर दक्षिणी गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध जनाएका थिए।
उनीहरूले सञ्चारमाध्यमको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै राज्य पक्षबाट भएका गतिविधिको विरोध गरेका हुन्।
त्यसक्रममा प्रहरीले अनेरास्ववियुका नेता दीपक धामीसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।