काठमाडौँ । सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने’, मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।