काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।
सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् । स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताए पनि प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ ।
यसअघि सोमबार बिहानैदेखि यसैगरी कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर, हिमालय टीभीका कार्यालय अगाडि पनि यसैगरी शंकास्पद गाडी पार्किङ गरिएका थिए ।
ती गाडी प्रहरीले क्रेनको मद्दतले हटाइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।