काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प भएको छ । भोटेकोसी गाउँपालिका-२ कोदारीको इकोमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका सोमबार पुनः ठप्प भएको हो।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो । अहिलेपनि पानी परिरहेकोले सडकमा माथिबाट लेदो बगेकोले काम गर्न समस्या भएको छ ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।