काठमाडौं– इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
इङ्ल्यान्डको जितमा जुड बेलिङहम नायक बने। दुवै गोल उनले नै गरे।
अतिरिक्त समयमा धकेलिएको खेलमा ९० मिनेटसम्म १–१ को बराबरी थियो। ९३ औं मिनेटमा बेलिङहमले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे।
खेलको ३६ औं मिनेटमा आन्द्रियास शेल्देरुपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा बेलिङहमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।
इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।