काठमाडौं– मुगुका गणेश नेपालीले काठमाडाैंमा आत्मदाह गरेको दोस्रो दिन सर्लाहीमा पनि उस्तै किसिमको घटना भएको छ ।
गोडैता नगरपालिका -१० का ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
उनको शरिरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
घरासयी विवादमा उनले यसरी शरिरमा आगो लगाएको अनुसन्धानमा खुलेको छ । घरमा विवाद भएपछि निस्किएर सडकमा गई उनले आगो लगाएका हुन। स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याएका थिए।
काठमाडौंमा बिहीबार नगर प्रहरीसँगको विवादपछि शरिरमा पेट्रोल छर्किएर मुगुका गणेश नेपालीले आगो लगाएका थिए। उपचारको क्रममा उनको शुक्रबार निधन भएको थियो। भोलिपल्टै सर्लाहीमा पनि अर्का युवकले शरिरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।