काठमाडौं– उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्यायको माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा सहभागीहरूले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नाराबाजी गर्दै विरोध जनाएका थिए।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो।
संयुक्त विद्यार्थी संगठनले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिन माग गरेको छ। नेपालीले बिहीबार राजधानीमा आत्मदाहको प्रयास गरेकामा शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।