काठमाडौं– विपक्षी दलहरूले आफूहरू सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको तर्फबाट बोल्दै नेपाली कांग्रेसकी सांसद हरिना देवी कामीले यस्ताे बताएकी हुन् ।
‘हामी सरकार ढाल्न खोजिरहेका छैनौँ । सरकारलाई संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ । प्रधानमन्त्री ज्यूको अपमान होइन सम्मान चाहान्छौँ । सम्मानको आधार मौनता होइन जवाफदेहीता हो,’ उनले भनिन् ।
उनले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रतिनिधिसभा बैठका आकस्मिक रूपमा सांसदको प्रश्नका जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । त्यसबारेमा प्रधानमन्त्री बालेनले रास्वपाको प्रथम महाधिवेशनमा जवाफ दिएका थिए । संसदमा उठेको प्रश्नको जवाफ संसदमा खोजेको सांसद कामीले बताइन् ।
‘सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्यसको उत्तर रोडले मागेको होइन सामाजिक सञ्जालले मागेको होइन । सार्वभौम सम्पन्न संसदले मागेको हो । प्रधानमन्त्रीज्यू दलको मञ्चमा भाषण गरेर होइन यही संसदमा आएर जवाफ दिनुपर्छ । प्रधानमन्त्री ज्यू पार्टीको मञ्चले नभएर संसदले सरकारलाई जनउत्तरदायी बनाउँछ,’ उनले भनिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।