काठमाडौं– प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बुधबार प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
बैठक स्थगित हुनुअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभामा उत्पति भएको ‘पर्यटन विधेयक, २०८२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सभाले स्वीकृत गरेको थियो ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि स्वीकृत गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।