काठमाडौं – सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ ।
विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो।
पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ।
विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।
जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धफीकरण विभागलगायतका निकायमा उजुरी परेको छ । त्यसकै अनुसन्धानका लागि उनका नाममा बयानका लागि पुर्जी काटिएको स्रोतको भनाइ छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।