काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै कार्यालय खडा गरेर छलफल सुरु गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरेका छन् ।
उनीहरूले उक्त कार्यालयलाई पार्टीको १५औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय भनेका छन् । सोही कार्यालयमा नेताहरूको छलफल जारी छ । आज यो समूहले १४औं महाधिवेशनबाट निर्वाचित आफू पक्षीय केन्द्रीय समितिका नेताहरूलाई बैठकमा बोलाएको हो ।
छलफलमा खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह, एनपी साउद, प्रकाशशरण महतगायत नेताहरू सहभागी छन् । सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरू बोलाइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।