काठमाडाैँ –नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे एकसय दिन असफल भएकाे टिप्पणी गरेका छन्।
लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका उनले पत्रकारहरूसँग बोल्दै यस्तो बताएका हुन्।
संयाेजक प्रचण्डले जनतालाई दिइएकाे आश्वासन अनुसार बालेन्द्र शाह नेतृत्वकाे सरकारले काम गर्न नसकेकाे बताए। उनले भने, ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यसअर्थमा यो सरकारका सय दिन पूर्णत असफल भएको देख्छु म।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले नै वाम एकताको कुरा नभएको तर सहकार्यको लागि समन्वय गरेको जनाएका छन्। उनले भने, ‘वाम एकताभन्दा पनि कांग्रेस–एमाले–लगायत सबैसँग सहकार्यको कुरा हो, अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।