काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् ।
विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् ।
रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए ।
रास्वपाको परिमार्जित विधान अनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह-महामन्त्री रहने व्यवस्था छ। सोही व्यवस्था बमोजिम निर्विरोध भएका बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।