काठमाडौं– रास्वपाले आज बिहान भएको केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, केहीबेरपछि मात्रै विजयीहरूको मतपरिणाम सार्वजनिक गरिनेछ ।
अहिले भने उम्मेदवारहरूले प्राप्त मतमात्रै सार्वजनिक गरिएको छ । अब प्रवासबाट आएको मतपरिणाम थपेर पुन: प्रकाशन गरिनेछ ।
खुला केन्द्रीय सदस्यमा २ सय ४ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये सबैभन्दा धेरै मत डा. स्वर्णिम वाग्लेले प्राप्त गरेका छन् ।
दोस्रोमा सोबिता गौतम छिन् । ३२ जना खुला केन्द्रीय सदस्यका लागि २०४ जनाबाट धेरै मत ल्याउने निर्वाचित हुनेछन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।